१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धादिङमा नेपाल चेम्बर अफ कमर्स

धादिङ – स्थानीय तहको संरचनापछि लगाइएको करका विषयमा गुनासो आउन थालेको छ। नागरिकको आवश्यकता र चाहनालाई पनि मध्यनजर गरी थेग्न सक्ने करको सीमा तोक्नु पर्ने व्यवसायी बताउँछन्। धादिङ चेम्बर अफ कमर्सको उद्घाटन समारोहमा उपस्थित भएका व्यवसायीले आ–आफ्ना गुनासा पोखेका हुन्।

धादिङमा रहेर व्यवसाय गरिरहेकालाई सवल र सक्षम बनाउन नेपाल चेम्बर अफ कमर्सको शाखा खोलिएको धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्दकुमार श्रेष्ठले बताए। धादिङमा रहेर व्यवसाय गर्नेहरु समस्यामा परेका कारण व्यवसायीलाई सहज बनाउने उद्देश्य रहेको उनले बताए।

व्यवसायीको सबैभन्दा पुरानो संस्था चेम्बर अफ कमर्स नेपालको ६८ जिल्लामा विस्तार भएको र प्रचलित कानुनको परिधिमा रहेर धादिङका सम्पूर्ण व्यवसायीको हितका लागि काम गर्ने उनको भनाइ छ। व्यवसायमा लागेका बैंक, वित्तीय संस्था उद्योग धन्दा, व्यापारी जो कोही पनि धादिङ चेम्बरमा सदस्य हुनसक्ने समेत उनले बताए।  

एक कार्यक्रमबीच नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरे। उद्घाटन गरिएको धादिङ चेम्बर अफ कसर्मले ९० जना व्यवसायी र धादिङबेसीका तीनवटा क्याम्पसका ७५ जना विद्यार्थीलाई व्यवसायी कर शिक्षा तालिम र विद्यार्थीलाई भ्याट बिल काट्ने तालिमसमेत सञ्चालन गरेको श्रेष्ठले बताए। प्रमुख प्रशिक्षक आन्तरिक राजस्व कार्यालय काठमाडौंका पूर्वउपमहानिर्देशक राममणि दुवाडी, चार्टर एकाउन्टेट सरोज कुमार भट्ट, नविन बन्जाडे, सुदूरलभ पण्डित, लेखा परीक्षक नारायण पण्डित र गोकुल रुवालीले विषयवस्तुबारे जानकारी दिएका थिए।

प्रकाशित: १५ आश्विन २०७५ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App