१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

शक्ति सबैभन्दा महँगा!

चितवनमा राइनाेजका मार्की खेलाडी पारस खड्का (बीच) पाेखरा प्रिमियर लिग (पिपिएल)काे अक्सनमा क्लबका सहकर्मीसँग। तस्बिर साैजन्य : छुम्बी लामा

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचन पोखरा प्रिमियर लिग (पिपिएल) का सर्वाधिक महँगा खेलाडी बनेका छन्।

अक्सनको पहिलो सूचीमा कुनै पनि क्लबले बोली नलगाए पनि अन्ततः आइतबार राजधानीमा भएको अक्सनमा शक्तिलाई पारस खड्का मार्की खेलाडी रहेको चितवन राइनोजले महँगो खेलाडीका रूपमा भित्र्याएको हो। प्रतियोगिताका लागि खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम २ लाख ५० हजार रुपैयाँ तोकिएको थियो।

पिपिएलको नियमअनुसार सहभागी ६ टोलीले मार्की खेलाडी, २ विदेशी खेलाडी र दुई स्थानीय खेलाडीबाहेक टोलीमा अनुबन्धन गर्न १३ लाख मात्र खर्च गर्न पाउने नियम राखेको थियो । ९ खेलाडी अनुबन्धन गर्न १२ लाख ८० हजार खर्च गरिसकेको चितवनले प्रतियोगिताको नियमअनुसार न्यूनतम १०औं खेलाडी अनुबन्धन गर्नका लागि आयोजकलाई २५ प्रतिशत जरिवाना तिर्नुपर्ने थियो। यस्तोमा चितवनले अक्सनमा आफ्नो न्यूनतम मूल्य २ लाख १० हजार राखेर शक्तिलाई भित्र्याएको हो । शक्तिको न्यूनतम मूल्य र २५ प्रतिशत जरिवानाको रकम जोड्दा २ लाख ६२ हजार ५सय  हुन्छ। यसरी शक्ति पिपिएल अक्सनका महँगा खेलाडी बनेका हुन्। शक्तिले भने २ लाख १० हजार रुपैयाँ नै हात पार्नेछन्। बाँकी ५२  हजार ५ सय भने चितवनले आयोजकलाई जरिवानास्वरूप तिर्नेछ।

पिपिएलमा विराटनगर टाइटन्स, चितवन राइनोज, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स गरी विभिन्न ६ सहरका टोलीले सहभागिता जनाउनेछन्। जसका लागि यसअघि नै टिम मालिक र मार्की खेलाडीको घोषणा भइसकेको छ।

प्रतियोगितामा चितवन राइनोजले राष्ट्रिय टोलीका कप्तान पारस खड्का विराटनगर टाइगर्सले युवा लेग स्पिनर सन्दीप लामिछाने, काठमाडौं रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, पोखरा पल्टनले शरद् भेषावकर, धनगढी ब्लुजले दीपेन्द्रसिंह ऐरी र बुटबल ब्लास्टर्सले सोमपाल कामीलाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरिसकेका थिए।

यद्यपि खेलाडीले पाउने रकमका आधारमा भने ७ जना पिपिएलका महँगा खेलाडी बने।

रोहितकुमार पौडेल, करण केसी, सागर पुन, अनिलकुमार शाह, आरिफ शेख, विनोद भण्डारी र वसन्त रेग्मी पिपिएलका महँगा खेलाडी बनेका हुन्।

आरिफ, करण र अनिललाई चितवनले, सागरलाई बुटवल ब्लास्टरले वसन्तलाई काठमाडौं रोयल्सले भित्र्याउँदा रोहित र विनोदलाई पोखरा पल्टनले सर्वाधिक २ लाख ५० हजारमा अनुबन्धित गरेका हुन् । रोहित, विनोद, करण, वसन्त, सागर र अनिललाई सहभागी सबै क्लबले बोली लगाएपछि गोलाप्रथामार्फत विभिन्न क्लबमा अनुबन्धित भएका हुन्।

प्रदीप ऐरी र दिलीप नाथ प्रतियोगिताका दोस्रा महँगा खलाडी भए । प्रदीपलाई विराटनगर र दिलीपलाई धनगढीले २ लाख ४० हजारमा  अनुबन्धित गरे।

त्यस्तै काठमाडोैंले नरेश बुढाऐरलाई २ लाख ३० हजारमा अनुबन्धन गर्दा विराटनगरले सुनील धमलालाई २ लाख २० हजार र ललित भण्डारीलाई २ लाखमा भिœयायो । बुटवलले सिद्धान्त लोहनी र पोखराले मेहबुब आलमलाई १ लाख १६ हजारमा अनुबन्धन गर्दा विराटनगरले साहब आलम र राजेश पुलामी, बुटवलले भीम सार्की, चितवनले भुवन कार्की, धनगढीले कमलसिंह ऐरी, काठमाडौंले सुसन भारी र अमित श्रेष्ठ तथा पोखराले कुशल भुर्तेललाई १ लाख ५० हजारमा अनुबन्धित गरे।

चितवनले अक्सनमा १० खेलाडी अनुबन्धन गर्न सर्वाधिक १४ लाख ९० हजार खर्च गर्दा धनगढीले १३ खेलाडी अनुबन्धन गर्न सबेैभन्दा कम १२ लाख खर्च ग-यो। विराटनगरले १२ खेलाडी अनुबन्धन गर्न १३ लाख खर्च गर्दा पोखरा र बुटवलले क्रमशः ११ र १३ खेलाडी अनुबन्धन गर्न १२ लाख ९० हजार खर्चे भने काठमाडांैले १० खेलाडीका लागि १२ लाख ८० हजार खर्चियो।

विराटनगर टाइटान्स
मार्की खेलाडी : सन्दीप लामिछाने

खेलाडी          रकम
दीपेश श्रेष्ठ        ९००००
साहब आलम     १५००००
जितेन्द्र मुखिया   ७५०००
राजेश पुलामी     १५००००
किशोर महतो     ९००००
पुष्प थापा          ५००००
प्रदीप ऐरी          २४००००
राजु रिजाल        ८५०००
जितेन्द्र सिंह ठकुरी   ७००००
सुनील धमला          २२००००
रविन जोशी            ३००००
हिमांशु दत्त            ५००००
जम्मा रकम            १३०००००
बाँकी रकम            ०

बुटवल ब्लास्टर्स
मार्की खेलाडी : सोमपाल कामी

खेलाडी                   रकम
मोहम्मद सम्साद सेख   ६००००
सिद्धान्त लोहनी           १६००००
हरिबहादुर चौहान        १०००००
ललित भण्डारी            २०००००
शंकर राना                 ८००००
पुरन विक                  ३००००
सागर पुन                  २५००००
हसिम अन्सारी            ५००००
भीम सार्की                 १५००००
प्रकाश केसी               ५००००
अविनाश बोहोरा          १०००००
नीतेश थापा               ३००००
विपिन ठकुरी             ३००००
जम्मा रकम               १२९००००
बाँकी रकम               १००००

चितवन राइनोज
मार्की खेलाडी : पारस खड्का

खेलाडी                   रकम
अनिलकुमार शाह       २५००००
भुवन कार्की             १५००००
रामनरेश गिरी          ८५०००
करन केसी              २५००००
मोहम्मद आरिफ सेख  २५००००
सुमित महर्जन           ५००००
सोनु तामाङ             ८५०००
विनोद लामा             ७००००
हरिशंकर शााह          ९००००
शक्ति गौचन             २१००००
जम्मा                      १४९००००
बाँकी –                    १९०००

धनगढी ब्लुज
मार्की खेलाडी : दीपेन्द्रसिंह ऐरी

खेलाडी                   रकम
मन्जित श्रेष्ठ                ५००००
योगेन्द्रसिंह कार्की        ११००००
सन्तोष भट्ट                ९००००
रोबिन क्षेत्री                ६००००
सन्दीप सुनार              ९००००
क्मलसिंह ऐरी             १५००००
दिलीप नाथ                २४००००
सागर ढकाल              १३००००
सन्दीप जोरा               ९००००
फिर्दोस अन्सारी           ३००००
सौरभ खनाल              १०००००
विक्रम ठगुन्ना              ३००००
सन्दीप राजाली            ३००००
जम्मा रकम                १२०००००
बाँकी रकम               १००००

काठमाडौं रोयल्स
मार्की खेलाडी : ज्ञानेन्द्र मल्ल

खेलाडी                   रकम
पवन सर्राफ              १५००००
सुसन भारी               १५००००
पृथु बास्कोटा             १२००००
अमरसिंह राउटेला      १०००००
आदिल खान             ५००००
नरेश बुढाऐर             २३००००
नन्दन यादव             ५००००
वसन्त रेग्मी              २५००००
अमित श्रेष्ठ               १५००००
सुमित झा                ३००००
जम्मा रकम              १२८००००
बाँकी रकम              २००००

पोखरा प्लाटन
मार्की खेलाडी : शरद भेषावकर

खेलाडी                   रकम
रोहितकुमार पौडेल      २५००००
विनोद भण्डारी            २५००००
ललितनारायण राजवंशी  १०००००
रसिद खान                 ७००००
कृष्ण कार्की                १०००००
कुशल भुर्तेल               १५००००
विक्रम भुसाल              ५००००
मेहबुब आलम              १६००००
मोहम्मद आसिफ सेख     ८००००
दिव्यांशु मल्लिक            ३००००
ईशान पाण्डे                 ५००००
जम्मा रकम                  १२९००००
बाँकी रकम                 १००००

प्रकाशित: १५ आश्विन २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App