१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अतिरिक्त समयकाे एकमात्रै गाेलमा संकटा विजयी

काठमाडाैं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आइतवार भएको खेलमा संकटा क्लब विजयी भएको छ। खेलको अतिरिक्त समयमा लक्ष्मण रुचालले गरेको एक मात्रै गोलको मद्दतमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको हो।

सातदोबाटो स्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा रुचालले खेलको ९३ औं मिनेटमा गोल गरेका थिए। रुचालले म्याक्सवेलको पासलाई सदुपयोग गर्दै डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेका हुन्। यसअघि शनिवार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका थिए। लिगमा १४ क्लबको सहभागिता रहेको छ।  

 

प्रकाशित: १४ आश्विन २०७५ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App