१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

(फाइल फाेटाे)

काठमाडौं – बंगबन्धु गोल्डकप खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ। टाेलीलार्इ आइतबार (आज) बिहान बिदाइ गरिएको थियाे। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन्। समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै लाओस र फिलिपिन्स छन्।

नेपालले आफ्नो पहिलो खेल यही असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ। दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। यसअघिको प्रतियोगितामा नेपालले अन्तिम चरणको खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो। 

नेपाली टोली
गोलकिपरः
विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ 

डिफेन्डरः दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल

मिडफिल्डरः हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का

स्ट्राइकरः भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट 

प्रकाशित: १४ आश्विन २०७५ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App