१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मड्रिड डर्बी बराबरीमा, रियलले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शनिबार राति रियल मड्रिड र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका छन्। केही दिनअघि सेभिल्लासँग ३–० को अप्रत्यासित हार ब्यहोरेको रियलले गएराति पनि जित निकाल्न सकेन।

पहिलो हाफमा रियलका स्ट्राइकर ग्यारेथ बेल चोटका कारण मैदान बाहिरिएपनि रियलले नै दोस्रो हाफमा एथ्लेटिको मड्रिडलाई दबाबमा राखेको थियो। तर बलमा पकड बनाउँदै निरन्तर पोस्ट आक्रमण गरेपनि रियलले गोल भने गर्न सकेन्। रियलका मार्काे एसेन्सियो, ड्यानी कर्भाजालले गोल गर्ने अवसर पाएपनि विपक्षी टोलीका गोलरक्षक बाधक बनेका थिए। 

रियल विजयी भएको भए शीर्ष स्थानको बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा पुग्ने थियो। शीर्ष स्थानको बार्सिलोना शनिबारै भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका केही सुन्दर अवसरलाई सदुपयोग गर्न सकेनन्।

एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनीयो ग्रिजम्यानले पाएको सुनौलो अवसर रियलका गोलकिपर थिबाउट कोर्टुवाले बचाएका थिए। एथ्लेटिकोका अर्का स्ट्राइकर डिएगो कोस्टाले पनि गोल गर्न सकेनन्। कोस्टाले पछिल्लो १६ खेलमा गोल गर्न सकेका छैनन्।

बराबरीसँगै ७ खेलबाट १४ अंक जोडेको रियल दोस्रो तथा समान खेलबाट १२ अंक जोडेको एथ्लेटिको चौंथो स्थानमा छ। शनिबार रातिनै भएका अन्य खेलमा भ्यालेन्सियाले रियल सोसिडाडलाई १–० र सेभिल्लाले एइबरलाई ३–१ ले पाखा लगाएका छन्।  

 

प्रकाशित: १४ आश्विन २०७५ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App