२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चितवन टाइग्रेसको विजयी सुरुआत

काठमाडौैं – चितवन टाइग्रेसले आदिवादी महिला भलिबल प्रतियोगिता (एभिएल) मा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उद्घाटन खेलमा टाइग्रेसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

विदेशी खेलाडीका रूपमा तीन अमेरिकी खेलाडीलाई अनुबन्धित गरेको टाइग्रेसले प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २५–२१ ले जितेको थियो भने दोस्रो सेट २५–१३ ले जितेको थियो । तेस्रो सेटमा टाइग्रेसलाई केही चुनौती दिए पनि २५–२२ को नतिजा सुम्पिएसँगै आर्मीले सोझो सेटमा खेल गुमाएको हो।

नेपाल भलिबल संघ र आदिआवादी फाउन्डेसनको आयोजनामा हुने  प्रतियोगितामा असोज १७ गतेसम्म सञ्चालन हुनेछ। लिग कम नकाउटका प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

जसअन्तर्गत समूह ‘ए’ मा न्यु डायमन्ड, चितवन टाइग्रेस र आर्मी छन् भने समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र पोखरा पिङ्केज छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेताले ६ लाख नगद प्राप्त गर्नेछ ।  त्यस्तै दोस्रो  स्थान हासिल गर्नेले ३ लाख र तेस्रोले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्नेछन्। 

प्रकाशित: १४ आश्विन २०७५ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App