गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

शनिबार, १३ असोज २०७५, ११ : ३० नागरिक

सोलुखुम्बु–जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो। 
सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई , रजप्रसाद राई र नेचासल्यान गाउँपालिका–२ का हेमन्त राईलाई कैदमुक्त गर्न आदेश भएको हो।

पुरानो कानूनअनुसार १२ वर्षको कैद भुक्तान गरिरहेका चार जनाले यही भदौ ५ गते नयाँ कानूनअनुसार कैद घटाइपाउँ भनी निवेदन दिएका थिए। सो निवेदनमाथि अदालतले नयाँ कानूनअनुसारको तीन वर्षको कैद भुक्तान गरिसकेकाले कैदमुक्त गर्न आदेश भएको जिल्ला अदालत सोलुखुम्बुका नायब सुब्बा भगीश्वर सराइलीले जानकारी दिए। 

दावाकाजी शेर्पा, गन्जधन कुलुङ राई र रजप्रसाद राईलाई जनही रु २२÷२२ हजार जरिवानासहित र हेमन्त राईलाई विना जरिवाना कैदमुक्त गरिएको हो। हेमन्तले गाईहत्या मात्र गरेकाले जरिवाना नगरिएको तथा अन्य तीनले गाई चोरीसमेत गरेकाले जरिवाना तिराइएको अदालतको ठहर छ। 

तीन जना विसं २०७१ असोज ८ गते पक्राउ परेका थिए भने हेमन्त राई विसं २०७० चैत १७ गते पक्राउ परेका थिए। हेमन्तलाई २०७१ जेठ १४ गतेको पैmसलाले थुनामा राख्न आदेश भएको थियो भने बाँकी अरूलाई विसं २०७१ असोज ८ गतेको पैmसलाले थुनामा राखिएको थियो। 

उनीहरूलाई तत्कालीन प्रचलित कानूनअनुसार १२ वर्षको सजाय भएको थियो भने हाल बहाल रहेको मुलुकी अपराध संहिता २०७४ को परीक्षेद २७ को पशुपछीसम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्यामा तीन वर्ष कैद सजायको व्यवस्था भएकाले उनीहरूलाई कैदमुक्त गरिएको जिल्ला न्यायाधीश सुवेदीले जानकारी दिए।रासस





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad