आगरा – अन्तिम खेललाई भारतलाई पेनाल्टी सडन डेथमा ४–३ को नतिजा सुम्पिएसँगै नेपालले छैटौ स्थानमा बस्दै भारतको आगरामा शुक्रबार सम्पन्न ४६ औं एसियन यु–१८ अन्तर विद्यालयस्तरीय च्याम्पियनसीप फुटबल प्रतियोगिताको
अन्त्य गरेको छ।
तीन वटा खेलमा जित र तीन वटामा हार व्यहोरेको नेपालले छैठौंमै चित्त बुझाएको हो। प्रतियोगितामा चीन, अफगानिस्तान र श्रीलंकामाथि जित हात पारेको नेपालले थाइल्याण्ड, इन्डोनेसिया र भारतलाई नतिजा सुम्पिएको हो।
नेपालको फिनिसिङ फितलो रहेको थियो। निर्धारित समयमा दुवै टिम गोल रहित भएपछि थप गरिएको २० मिनेटमा समेत नतिजा निस्कन नसक्दा खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा समेत ३–३ गोल बराबरी भएपछि खेलको निर्णय लिन सडन डेथसम्म पुग्यो । टाइब्रेकरमा नेपालका रन्दीप पौडेल, अनिज महर्जन र नवीन गुरुङले गोल गरे भने दिनेश हेन्जन र शेषेहाङ आङ्दम्बेको प्रहारलाई भारतीय गोलरक्षक मोल्लह अलइफ रहमानले बचाए। भारतका छकछुक पाउगिनमुन, टाइसन सिंह र कफोई सिंहले गोल गरे भने वाजिड अली र अजयकुमार चौधरीको प्रहारलाई भने नेपालका गोलरक्षक विशाल सुनारले विफल पारे । सडन डेथमा भारतका संजित राईको प्रहार गोलमा परिणत हुँदा भारत विजयी बन्यो । सुरज ज्यू ठकुरीको प्रहारलाई भारतीय गोलरक्षकले गोल रोके।
नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल र भारतबीचको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको भए पनि नेपालका लागि दुःखद् नजिता निस्किएको बताए। ‘मैदानमा नेपालको प्रदर्शन उत्कृष्ट रहयो,’ उनले भने, ‘फिनिसिङ फितलो हुँदा निराशाजनक नतिजा हात प-यो।’ श्रेष्ठले प्रतियोगिता भर नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि सुखद् नतिजा भने विपक्षीको पक्षमा पुगेको बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत