१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपाल पाकिस्तानको सामना गर्दै

अभ्यास गर्दै नेपाली महिला खेलाडी । तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – भुटानमा शुक्रबार (आज) देखि सुरु हुने साफ यु–१८ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्दै छ। खेल थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपाली समय अनुसार बेलुकी ७ बजे बाट सुरु हुनेछ। 

असोज २२ सम्म संचालन हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन्। च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालले समूह चरणमा पाकिस्तान र बङ्लादेशसँग खेल्नेछन्। त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान छन्। समूहका दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।नेपालले दोस्रो खेलमा असोज १६ गते बंगलादेशसँग खेल्नेछ।

प्रतियोगिता अघि बिहिबार प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले नेपाली टोलीले पाकिस्तानलाई पराजित गर्दै उपाधि दाबेदारी प्रस्तुत गर्नुका साथै अघिल्लो चरणमा प्रवेश गर्ने बताए। त्यस्तै कप्तान सरु लिम्बुले नेपालले साफको उपाधि जितेर घर फर्कने बताइन्। 

नेपाली टोलीमा गोलकिपर अन्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा रानामगर, मिडफिल्डरमा सरु लिम्बू, मन्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सृजनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा तथा सम्झाना शर्मा छन्।

त्यसैगरी मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास छन्।

प्रकाशित: १२ आश्विन २०७५ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App