१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चेस ओलम्पियाडमा नेपाली महिला टोलीको पहिलो जित

काठमाडाैं - जर्जियामा जारी ४३ अाैं चेस ओलम्पियाड अन्तर्गत महिलातर्फ नेपालले पहिलो जित हात पारेको छ। बुधबार राती भएको तेस्रो चरणको खेलमा महिलातर्फ नेपालले गाम्बियालाई ४–० ले हरायो। 

नेपालकी शुसिला गुरुङले गाम्बियाकी फातोउ जाब्बीलाई, सिन्दीरा जोशीले हुला जालोउ, सुजना लोहनीले सेरी जालोउ र खुस्बु थापाले मारियमा क्रुबालीलाई हराइन्। चौथो चरणमा नेपाली महिला टोलीले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरी पुरुषतर्फ नेपाल सिंगापुरसँग ३.५–०.५ ले पराजित भयो। पुरुषतर्फ नेपालका रिजेन्द्रराज भण्डारीले भने उत्कृष्ट खेल जारी राखेका छन्। रिजेन्द्रले तेस्रो चरणमा सिंगापुरका जुन वेलीसँग बराबरी खेले। नेपालका अन्य तीन पुरुष खेलाडी भने पराजित भए। 

हिमाल लामा इन्रिक प्यासेन्सीयासँग, विवेक थिङ क्वीनउन गोङसँग र रुपेश जैसवाल क्वीङ लीसँग पराजित भए। चौथो चरणमा नेपालले बोलिभियासँग प्रतिस्पर्धा गर्नेछ। यस ओलम्पियाडमा नेपालबाट १० खेलाडीले भाग लिएका छन्।

प्रकाशित: ११ आश्विन २०७५ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App