१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पीपीएलमा प्रतिस्पर्धा गर्ने टोली र मार्की खेलाडीकाे घोषणा

तस्बिर : रासस

काठमाडौं - आगामी कार्तिक ९ गदेखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने पाेखरा प्रिमियर लिग टि–२० क्रिकेटमा सहभागी हुने ६ टाेली र टाेलीका रणनीतिक (मार्की) खेलाडी सार्वजनिक गरिएकाे छ। अायाेजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले विहिवार पाेखरामा पत्रकार सम्मेलनकाे अायाेजना गर्दै मार्की खेलाडी र टाेली सार्वजनिक गरेकाे हाे।

प्रतियाेगितामा सहभागी टाेलीमा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स रहेका छन्। चितवन राइनोजको मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहेका छन् भने विराटनगर टाइटन्सकाे सन्दीप लामिछाने रहेका छन्। यस्तै बुटवल ब्लास्टर्सको मार्की प्लेयरमा सोमपाल कामी, पोखरा पल्टनको शरद भेषवाकर, एक्पर्ट धनगढी ब्लुजको दीपेन्द्रसिंह ऐरी, हुलास काठमाडौं रोयल्सको ज्ञानेन्द्र मल्ल मार्की प्लेयरका रुपमा रहेका छन्।

पिपिएलको अक्सन भने आगामी आइतबार हुनेछ। पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ।

टोली र मार्की प्लेयर घोषणा भएसँगै पिपिएलको अक्सन आगामी आइतबार हुनेछ । अघिल्लो दुई साता दर्ता गरेका खेलाडीबीच अक्सन गराइनेछ । पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

प्रकाशित: ११ आश्विन २०७५ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App