१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कारका फरार अभियुक्त जेल चलान

गुल्मी - दुई बर्ष अघि स्थानीय एक महिलालाई जवरजस्ती करणी गरी फरार भएका गुल्मी रुरुका विनोद श्रेष्ठ पक्राउ परेका छन्। रुरु गाउँपालिका ३ थानपतीका सुरज भन्ने विनोद श्रेष्ठलार्इ प्रहरीले विहीवार विशेष सहयोगीको मद्दतमा पक्राउ गरिएकाे  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए।

२०७३ सालमा स्थानीय एक महिलालाई जवरजस्ती करणी गरी फरार भएका उनलार्इ ७३ सालकै बैशाख २२ गते अदालतले जवरजस्ती करणी मुद्दाको दोषी ठहर गर्दै ६ बर्ष कैद र २५ हजार जरिवाना तोकेको थियाे। यस्तै श्रेष्ठले छत्रकोट गाउँपालिकाकी एक नावालिका भगाएर काठमाडौंमा वस्दै आएको समेत खुलेको छ। नावालिकाको परिवार पनि प्रहरीमा आएकाले श्रेष्ठ विरुद्ध अर्को मुद्दा समेत दर्ता हुने मुद्दा शाखा प्रमुख प्रहरी नायव निरिक्षक शिवबहादुर खत्रीले जानकारी दिए।पक्राउ परेका श्रेष्ठलार्इ विहीवार नै कारागार चलान गरिएकाे छ।
 

 

प्रकाशित: ११ आश्विन २०७५ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App