१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय संसदको दोस्रो अधिवेशन अन्त्य

काठमाडौं– संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य भएको छ। दिउँसो एक बजे बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महरा र दुई बजे बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशराज तिमिल्सिनाले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्। 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। गत बैशाख २३ गतेबाट शुरु भएको अधिवेशन पाँचौं महिनामा अन्त्य भएको हो। यो अवधिमा ८९ पटक बैठक बसी १ सय ९३ घण्टा संसदीय काम कारबाही भएको प्रतिनिधिसभाका सभामुख महराले जानकारी दिए। 

उनका अनुसार संसदको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको छ। तर, केही महत्वपूर्ण विधयेक भने अझै पारित हुन सकेका छैनन्।

प्रतिनिधि सभामा अधिवेशन अन्त्यको घोषणा गर्नुअघि दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। 

प्रकाशित: ११ आश्विन २०७५ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App