१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

समर्थकको मृत्युले इन्डोनेसियाको लिग स्थगित

जकार्ता – खेलदौरान भएको झडपमा एक समर्थकको मृत्यु भएको भन्दै इन्डोनेसिया फुटबल संघले त्यहाँको शीर्ष लिग तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको छ।

आइतबार इन्डोनेसियाको लिग वानमा चिर प्रतिद्वन्द्वीका रूपमा रहेका पर्सिजा जकार्ता र पर्सिव बान्डुङबीचको खेलदौरान जकार्ताका समर्थक २३ वर्षीय हारिङ्गार्सिलाको मैदानबाहिर मृत्यु भएको थियो।

इन्डोनेसियाका खेलकुदमन्त्री इमाम नारावीले इन्डोनेसियन लिग दुई साताका लागि स्थगित गर्ने घोषणा गरेका हुन् ।  अनुसन्धान सकिएमा  लिग छिट्टै सुरु हुन सक्ने बताइएको छ । समितिले १६ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

‘हामीले घटनाको सत्यतथ्य छानबिनका लागि एक स्वतन्त्र छानबिन कमिटी बनाएका छौं,’ खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छानबिन समितिको प्रतिवेदनपछि मात्र लिग कहिलेबाट पुनः सुचारु हुने थाहा हुन्छ।’

आइतबारको घटनासँगै इन्डोनेसियामा २०१२ पछि फुटबलसम्बन्धी विवादमा मृत्यु हुने समर्थको संख्या ७ पुगेको छ ।फिफाले आफ्नो निर्देशन नमानेको भन्दै २०१४ मा इन्डोनेसिया फुटबल संघमाथि प्रतिबन्ध लगाए पनि त्यसको दुई वर्षपछि प्रतिबन्ध हटाएको थियो।

गत महिना सफतापूर्वक एसियाली खेलकुद समापन गरेको इन्डोनेसियाले २०३२ को ओलम्मिक आयोजनाका लागि दाबी गर्ने बताउँदै आएको छ।

प्रकाशित: ११ आश्विन २०७५ ००:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App