१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डा. केसीको अनशन एक हप्ताको लागि स्थगित

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले आफ्नो अनशन १ हप्तालाई स्थगित गरेका छन्। उनले असोज १० गते सम्म सम्झौता कार्यान्वयन नगरे त्यही दिन ४ बजे देखि घोषित नबौ आमरण अनशन बस्ने चेतावनी समेत दिएका छन्।

सरकारले सम्झौताका ४ मध्ये ३ बुँदालाई कार्यान्वनको खाका प्रस्तुत गरेकाले अनशन स्थगित गरेको डा. केसीले बताएका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले अख्तियरा प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया पनि संसदबाट अघि बढाउन भनेका छन्।

माग पुरा गर्ने पटक पटक आश्वासन दिए पनि राज्यले सम्झौता कार्यान्वयनमा आलटाल गर्न थालेपछि डा. केसीले आजदेखि पुन आमरण अनशन लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। डा. केसीले आफ्ना मागबारे भएका सम्झौता कार्यान्वयन गर्न सरकार इमान्दार नभएको बताउँदै आएका छन्।  

यस्तो छ सरकारको प्रतिवद्धता:

प्रकाशित: ३ आश्विन २०७३ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App