१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सरकारले  जनशक्ती प्रक्षेपण गर्ने

विराटनगर– शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले सरकारले शिक्षालाई रोजगारस“ग जोड्ने गरी शैक्षिक जनशक्ती प्रक्षेपण गर्न लागेको बताएका छन्। मंगलबार पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले कति जनशक्ती कुन क्षेत्रमा आवश्यक छ भन्ने प्रक्षेपण सरकारले गर्न लागेको बताएका हुन्। 

कति जनशक्ती कुन क्षेत्रमा आबश्यक छ भन्ने यकिन नहु“दा शिक्षामा गरिएको ठूलो लगानी जोखिममा परेको उनको भनाई छ। ‘अरुले रोजगारी पाएका आधारमा  हचुवाका भरमा शिक्षा लिने र दिने प्रचलनले एकातर्फ देशमा आवश्यक जनशक्ती अभाव रहेको र अर्कोतर्फ शैक्षिक बेरोजगारी बढेको छ’, उनले भने।  शिक्षकको आवश्यकता परिपूर्ति गर्न शिक्षा संकायलाई सरकारले प्राथमिकता दिँदा अहिले शिक्षा संकाय पढेका अधिकांश विद्यार्थी बेरोजगार भएको पोखरेलले बताए। उनका अनुसार हाल देशभरमा शिक्षक लाइसेन्स लिनेको संख्यामात्रै ७ लाख पुगिसकेको छ। पछिल्लो शिक्षा सेवा आयोगको परीक्षाका लागि करिब ३ लाखले आवेदन दिएका छन्। यो तथ्यांकले उच्च शिक्षा अध्ययन गरेर पनि वेरोजगार हुनुपर्ने तितो यथार्थ देशमा देखिएको छ। शिक्षा संकायमा मात्रै नभई नर्सिङ संकायमा पनि यस्तै समस्या देखिएको पोखरेलले बताए। ‘कुनै बेला नर्सिङ पढ्नेले सजिलै रोजगारी पाउथें, तर आबश्यकता भन्दा अत्याधिक बढी जनशक्ती तयार हुँदा नर्सिङ पढेर पनि बेरोजगार हुनुपर्ने अबस्था आएको छ’, उनले भने। 

उनले अत्याधिक जनशक्ती उत्पादन भइसकेका विषयमा थप अध्यापन गराउने कि नगराउने भन्नेतर्फ पनि सोच्नुपर्ने स्थिती आएको धारणा राखे। पोखरेलले भने, ‘अहिले नै अत्याधिक जनशक्ती उत्पादन भइसकेको क्षेत्रमा थप विद्यार्थी भर्ना गर्ने कि नगर्ने भन्नेतर्फ पनि सोच्नुपर्ने अवस्था आएको छ।’ कुन क्षेत्रमा कति जनशक्तीको आबश्यकता छ भन्ने प्रक्षेपण गरेर सरकारले शिक्षालााई रोजगारस“ग जोड्ने प्रयास थालनी गरिसकेको पोखरेलले बताए। उच्च शिक्षा अध्ययन गरेर पनि वेरोजगारी बन्नु पर्ने अबस्था आउन नदिन सरकारले काम थालिसकेकाले अब, बेरोजगार हुनुपर्ने शिक्षालाई अघि बढाउन नहुनेतर्फ विश्वविद्यालयहरूले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

शिक्षामा गुणस्तर कायम गर्न सरकारले एउटा कलेजदेखि अर्को कलेको दुरी निर्धारण गरी मापदण्ड तोक्ने तयारी पनि थालेको पोखरेलले जानकारी दिए। सरकारी कलेज जहा“ छ निजी कलेज पनि त्यसकै वरिपरी सञ्चालन हुने र सरकारी कलेजका प्राध्यापकको ध्यान निजी कलेजतर्फ जा“दा सरकारले शिक्षामा लगानी गरे अनुरुप प्रतिफल पाउन नसकेको उनको भनाई छ। 

यतिमात्रै हैन विश्वविद्यालयहरूले अध्ययन अनुसन्धानमा कुनै ध्यान नदिएको पोखरेलले आरोप पनि लगाए। उनले भने, ‘अध्ययन अनुसन्धान र नविन खोजतर्फ विश्वविद्यालयले ध्यान दिएको देखिंदैन।’ नेपालको उच्च शिक्षालाई सुधार गर्न विद्यार्थीहरूलाई अनुसन्धानसँग जोड्न सक्नुपर्ने पोखरेलले बताए। उनले खोज अनुसन्धान विनाको शिक्षाले विश्व बजारमा प्रतिश्पार्धा गर्न नसक्ने स्पष्ट पारे। 

यसैवीच मन्त्री पोखरेलले विराटनगरको पुष्पलालचोक स्थित पूर्वाञ्चल विश्वविद्यलायको केन्द्रीय कार्यालय परिषरमा शैक्षिक भवन, प्रशासनिक भवन र सरस्वतिको मन्दिरको शिलान्याश पनि गरेका थिए। 

प्रकाशित: ९ आश्विन २०७५ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App