१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पानी फर्काउन गएकी किशाेरी बलात्कृत

भोजपुर - भोजपुरमा पानी फर्काउन गएकी एक किशोरी बलात्कृत भएकी छन्। बलात्कारको अभियोगमा प्रहरीले भोजपुर नगरपालिका –१ डाँडावोखिमका २५ वर्षीय मदनकुमार राईलाई पक्राउ गरेको छ। राईले गत असोज दुई गते घरको लागि पिउने पानी फर्काउन गएकी १५ वर्षीय किशोरीलाई वारीमा लगि बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ। किशोरीले आफुलाई राईले लछारपछार पार्दै मुख थुनेर वारीमा लगी बलात्कार गरेको बताएकी छन्।

बलात्कार आरोपमा पक्राउ परेका राईलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए।

 

प्रकाशित: ८ आश्विन २०७५ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App