१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

काे हाेला फिफा वर्ष खेलाडी ?

काठमाडाैं - फुटबलको सर्वोच्च निकाय फिफाले आज फिफा वर्ष खेलाडीकाे घोषणा गर्दैछ। यस पटक फिफा बर्ष पुरुष खेलाडीको प्रतिस्पर्धामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, इजिप्टका मोहमद सलाह र क्रोयशियाका लुका मोड्रिच रहेका छन्। अर्जेन्टिनाका स्टार खेलाडी लियाेनल मेसी भने याे वर्षकाे मनाेनयनमा परेनन्।

इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा हुने विशेष समारोहकाबीच फिफाले उत्कृष्ट वर्ष खेलाडी पुरस्कार वितरण गर्नेछ। फिफाले वर्ष खेलाडीसंगै वर्ष प्रशिक्षक, वर्ष महिला खेलाडी र वर्ष महिला प्रशिक्षकको समेत घोषणा गर्नेछ। फिफाले गत बर्षको जुलाई ३ बाट यस बर्षको जुलाई १५ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि गरेको प्रदर्शनको आधारमा शीर्ष तीनको छनोट गरेको थियाे। फिफाले सधै झैँ यसपटक पनि राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने बताएकाे छ।

प्रकाशित: ८ आश्विन २०७५ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App