२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अस्करमा ‘पञ्चायत’

काठमाडौं – अमेरिकाको लसएञ्जल्सस्थित डल्बी थिएटरमा हुने ९१ औं संस्करणको ‘अस्कर अवार्ड’मा नेपालबाट फिल्म ‘पञ्चायत’ छनौट भएको छ । सन् २०१९ फेब्रुअरी २४ मा हुने अवार्डमा यो फिल्मले ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा अन्य देशबाट छानिएका फिल्मसँग प्रतिष्पर्धा गर्नेछ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अम्पास)को मान्यता प्राप्त नेपाल छनोट समितिले अभिनेत्री नीता ढुंगानाको फिल्म ‘पञ्चायत’ लाई छानेको हो। समितिमा अस्करका लागि ‘पञ्चायत’सँगै ‘तान्द्रो’, र ‘माइ लभ’ पनि प्रतिष्पर्धी थिए।

समितिद्वारा जारी विज्ञप्तिमा तीनवटै फिल्मले सबै मापदण्ड पूरा गरे पनि प्राविधिक, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मक बनोटलाई आधार मानेर फिल्म ‘पञ्चायत’ छनौट भएको जनाइएको छ।

२०७४ असोज १५ गते पछि र २०७५ साल असोज १४ गते अघि नै सार्वजनिक प्रदर्शन भएका फिल्मले नेपालको छनोट चरणमा सहभागी हुन पाउने प्रावधान थियो।

समितिमा विमल पौडेल अध्यक्ष तथा चिरञ्जीवी गुरागाईं सचिव, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली र सामीप्यराज तिमल्सेना सदस्य छन्।

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्मले  ५० वर्ष अघिको सामाजिक संरचना र त्यो समयका किशोरीको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण  देखाइएको छ।  फिल्ममा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको पनि अभिनय छ।

प्रकाशित: ८ आश्विन २०७५ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App