१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

लन्डन – नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन भएको छ। कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द फ्रान्समा रहेका नेपालीहरुले  पेरिसमा प्रदर्शन  गरेका हुन्।

पेरिसको स्तालिनग्राद पार्कमा आइतबर भएको  प्रदर्शनमा बिभिन्न संघ संस्थाका प्रतिनिधि, महिला, लेखक, पत्रकार र सर्वसाधरणहरु जम्मा भएका थिए।  

नेपाली महिलाहरुमाथि भएका हत्या, हिंसा र बलात्कारका घटना बिरुद्ध अन्तर्राष्ट्रिय रुपमा पनि आवाज उठाउनुपर्ने भन्दै पेरिस रहेका नेपालीहरुले सामूहिकरुपमा  बिरोध प्रदर्शन  गरेको आयोजक मध्येका एक दधि सापकोटाले बताए।  

प्रदर्शनकारीले  हिंसाबाट ज्यान गुमाएका आम नेपाली महिलाहरुको सम्झनामा  मैनबत्ती बालेका थिए। सहभागिहरुले  घटनाको सांकेतिक बिरोध स्वरुप कालो पहिरन लगाएका थिए। प्रदर्शनकारीले  महिला माथिको हत्या, हिंसा र बलात्कारका बिरुद्ध गीत, कथा, कविता सुनाएर नेपाल सरकारको बिरोध जनाएका थिए।

प्रदर्शनमा सहभागी  रबिन शर्माले सरकारको तर्फबाट अनुसन्धानमा संलग्न अधिकारीहरुको काम न्यायपूर्ण हुननसकेकाले ति  घटनाका अपराधीहरुमाथि कारवाहीको माग गरे।

माया बिक र निर्मला पन्तको घटना समान प्रक्रितिको भएपनि ति घटनामा प्रहरीको शंकास्पद भूमिका देखिँदा प्रहरीतिरै औला फर्किएको र घटना झन रहस्यमयी बनेको कविन्द्र कायस्थले बताए।

सामाजिक न्याय र असमानता, हत्या र हिंसा बिरुद्धमा प्रदर्शन गरिएको नेपाली एकता समाजका संरक्षक तप्त भण्डारीले बताए।

प्रकाशित: ८ आश्विन २०७५ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App