प्रदेश ७

निर्मला हत्यापछि २८ बलात्कृत

सोमबार, ०८ असोज २०७५, ०६ : ५३ दिलबहादुर छत्याल

धनगढी - कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ। असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन। योसमेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ गते भेटिएको थियो।

प्रदेश ७ का प्रहरी प्रमुुख प्रहरी नायब महानिरीक्षक सुरज केसीका अनुसार अधिंकाश बलात्कार घटनाका आरोपित प्रहरी नियन्त्रणमा आएका छन्। निर्मलाका हत्यारा पहिचान र पक्राउ गर्न भने प्रहरी असफल भएको छ। निर्मला बलात्कार र हत्या विषयमा ‘अनुसन्धान भइरहेको छ’ भने रेडिमेड जबाफबाहेक प्रहरीसँग अर्को उत्तर छैन।

निर्मलाको हत्यापछि कञ्चनपुरमा मात्र नौवटा बलात्कारका घटना भएका छन्। प्रहरीका अनुसार पछिल्लो पटक असोज ४ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मा सात वर्षीया बालिका बलात्कृत भइन्। आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले बताए। त्यस्तै कञ्चनपुरकै पुनर्वास गाउँपालिकाामा पनि नौ महिने बालिका बलात्कृत भएको उजुरी प्रहरीमा परेको छ । यस घटनाबारे पनि अनुसन्धान भइरहेको एसपी कुवेर कडायतले बताए।

‘यी दुई घटनाले समाजमा बलात्कार कति डरलाग्दो रुपमा बढिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ’, शिक्षक तीर्थराज पाण्डे भन्छन्, ‘बलात्कारीलाई कडा कारबाही गर्न र समाजमा चेतनाको स्तर बढाउन नसके यसले अझै भयावह रुप लिन सक्छ।’ बलात्कार विरुद्ध सडकमा प्रदर्शन भइरहेका बेला पनि यस्ता घटना बढ्नु चिन्ताजनक भएको उनी बताउँछन्।

बलात्कार नरोकिएपछि समाजमा त्रास फैलिएको छ। ‘छोरीलाई यताउता कामले पठाउन पनि डर लाग्ने अवस्था आएको छ’, अभिभावक नरबहादुर साउदले भने।

प्रहरी नायब उपरीक्षक ओझाका अनुसार कञ्चनपुरमा साउनयता भएका (निर्मलाको हत्या ‘केस’ बाहेक) बलात्कार घटनाका आरोपित आठजनालाई पक्राउ गरिएको छ।

प्रदेश ७ प्रहरी कार्यालय अनुसार जेठमा ११, असारमा १७ र साउन १० र भदौमा १७ वटा बलात्कारका घटना भएका छन्।

प्रदेश ७ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केसीले साउन र भदौमा यस प्रदेशका विभिन्न स्थानमा २७ वटा बलात्कारका घटना भएको उजुरी परेको बताए। ‘अधिकां बलात्कार घटनाका आरोपित पक्राउ परेका छन्’, उनले भने।

बलात्कारका घटना बढ्नुमा मदिरा सेवन, लागूऔषध प्रयोग, दण्डहीनता र समाज छाडा गतिविधितर्फ उन्मुख हुनु, मोबाइलमा अश्लिल सामग्रीको पहुँच, नैतिक शिक्षाको खडेरी जस्ता कारणले काम गरेको जानकार बताउँछन्। राजनीतिक र आर्थिक पहुँच भएका मानिसले अपराध गर्दा पनि उन्मुक्ति पाउने अवस्था भएकाले बलात्कारका घटना पनि बढ्दै गइरहेको सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. मुकन्द कलौनी बताउँछन्। राजनीतिक हस्तक्षेपले गर्दा अपराधीले उन्मुक्ति पाउने गरेको उनी बताउँछन्। अनियन्त्रित मदिरा बिक्री र सेवन पनि अपराधको प्रमुख कारण रहेको उनको बुझाइ छ। ‘सरकारले मदिरा नियन्त्रण गर्नुपर्छ’, उनी भन्छन्। ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट हरेक क्षेत्रमा दण्डहीनता मौलाएकाले बलात्कारका घटना पनि बढिरहेको बताउँछन्। ‘कारागार चलान भएका अपराधीसमेत राजनीतिक र आर्थिक चलखेलमा छुटिरहेका छन’, उनले भने, ‘पहुँच भएकालाई कानुनको डर नभएकाले बलात्कार जस्ता अपराध बढिरहेका छन।’

'प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही'

काठमाडौं – प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो।

समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ । गल्ती गर्ने अधिकृतहरुलाई कारबाही गर्न प्रहरीले कानुन शाखाका प्रहरी उपरीक्षक (एसपी) गणेश रेग्मीको संयोजकत्वमा छुट्टै टोली बनाएको छ।

त्यस्तै अनुसन्धान पाटोमा कहाँ कमजोरी भएको हो भन्नेबारे अनुसन्धान गर्न डिएसपी रमेश थापा खटिएका छन् भने प्रविधिको अनुसन्धान गर्न डिएसपी कौशल अधिकारी खटिएका छन्। उनीहरुलाई सहयोग गर्न महानगरीय अपराध महाशाखाका प्रहरी नायब निरीक्षक गजेन्द्र रावल खटिएका छन्।

प्रहरी प्रधान कार्यालयले उनीहरुलाई शनिबारदेखि नै काम लगाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तत्कालीन एसपी डिल्लीराज बिष्टले प्रयोग गरेका चारवटा मोवाइल सिम सबै थुतेर अनुसन्धान भइरहेको छ। साथै उनको पोलिग्राफ टेस्ट डिएनए परीक्षणको रिपोर्ट आएपछि मात्रै गरिने पनि स्रोतले जनाएको छ।







यसमा तपाईको मत


अन्य समाचार

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...