१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पूर्वकप्तान सिंहद्वारा एन्फा उपाध्यक्षमा उमेद्वारीको घोषणा

काठमाडौं –नेपाली राष्ट्रिय फुटबलका पूर्वकप्तान तथा पूर्व गोलरक्षक उमेन्द्रमान सिंहले अखिल नेपाल फुटबल संघ एन्फाको उपाध्यक्ष पदमा आफ्नो  उमेद्वारीको घोषणा गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपाको कभर्ड हलमा सोमबार एक पत्रकार सम्मेलन गर्दै सिंहले समग्र नेपाली फुटबलको विकासका लागि आफ्नो उमेद्वारीको घोषणा गरेको बताए।

सिंहले भने, ‘नेपाली फुटबलमा रहेको समस्या समाधान गर्दै नेपाली फुटबललाई एक नयाँ उचाइमा लानकालागि मैले उमेद्वारी दिएको हुँ।’ उनले  आफूले समग्र फुटबल खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत अन्यको प्रतिनिधित्व गर्दै  उमेद्वारी दिएको बताए।

उनले हाल आफू अध्यक्ष रहेको अखिल नेपाल फुटबल खेलाडी संघ, राष्ट्रिय फुटबल प्रशिक्षक संघ तथा राष्ट्रिय फुटबल रेफ्री संघको संयुक्त उमेद्वारको रुपमा उमेद्वारी दिएका हुन्। एन्फा निर्वाचन आगामी कार्तिक ८ मा हुँदैछ। ८ वर्ष राष्ट्रिय फुटबल टिममा गोलरक्षक रहेका सिंह हाल बि डिभिजन टोली मध्यपुर युथ एसोसियसनका अध्यक्ष र मुख्य प्रशिक्षक रहेका छन्।

 

प्रकाशित: ३ आश्विन २०७३ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App