१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शुक्लाफाँटामा पाटे बाघकाे संख्या घट्याे, बाघका ३ प्रजाति लाेप भए

महेन्द्रनगर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ पाटे बाघको संख्या घटेको छ। अघिल्लो गणनाको तुलनामा पछिल्लो पटक भएको गणनामा बाघको संख्या घटेको छ। बाघका लागि उपयुक्त बासस्थानका रुपमा परिचित शुक्लाफाँटामा पछिल्लो पटक गरिएको गणना अनुसार एक बाघ घटेको छ। आईतबार दिउँसो निकुञ्जका निमित्त संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपालबहादुर घिमिरेले संचारकर्मी समक्ष बाघको संख्या घटेको बताए। अघिल्लो बर्ष गरिएको गणनामा बाघको संख्या १७ रहेकाे, त्यसपछिको गणनामा १६ पुगेको निमित्त संरक्षण अधिकृत घिमिरेले बताए।

स्वचालित क्यामरा ‘क्यामरा ट्रयापिङ्ग’ प्रविधिबाट क्षेत्रफलका हिसाबले थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थान रहेको शुक्लाफाँटामा बाघ गणना थालिएको थियोे। निकुञ्जसंगै चुरेको ब्रह्मदेब करिडोरमा र राष्ट्रिय वनमा पनि बाघ गणना गरिएको थियो। केहि बर्षयता निकुञ्जसंगै राष्ट्रिय वनका सम्भावित क्षेत्रमा पनि बाघ गणना थालिएका हो। गणनामा निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृती संरक्षण कोष तथा जिल्ला वन कार्यलयका कर्मचारी सहभागि भएका थिए। विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र प्राविधिक सहयोगमा बाघ गणना भएको हो।

एक शताब्दीअघि झण्डै एक लाखको हाराहारीमा रहेको बाघको संख्या पछिल्लो अवस्थामा आइपुग्दा करिब तीन हजार दुई सयको संख्यामा सिमित भएको विभिन्न अनुसन्धानहरुले देखाएका छन्। त्यस्तै मानवीय क्रियाकलापका कारण बाघका आठ प्रजाति  मध्ये तीन प्रजातिहरु बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन्।

शुक्लाफाँटामा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बर्षेनी बाघ गणना तथा अनुगमन भैरहेको छ। यसअघि बाघको पाईला र दिशापिसाब संकलन गरी बाघको तथ्याकं संकलन गरिने गरिएको थियो। सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता अनुरुप बाघको गणनासँगै वासस्थान र आहार प्रजातिको पनि नियमित अनुगमन गरिदै आएको छ। शुक्लाफाँटामा प्रतिबद्धता बर्ष भन्दा आठ बर्षअघि नै बाघको संख्या दोब्बर भैसकेको थियो। प्रतिबद्धता भएका बेला यहाँ बाघको संख्या आठ थियो। तर पछिल्लो गणना अनुसार यहाँ बाघको संख्या घटेको देखिएको छ।

एक शताब्दीअघि झण्डै एक लाखको हाराहारीमा रहेको बाघको संख्या पछिल्लो अवस्थामा आइपुग्दा करिब तीन हजार दुई सयको संख्यामा सिमित भएको विभिन्न अनुसन्धानहरुले देखाएका छन्। त्यस्तै मानवीय क्रियाकलापका कारण बाघका आठ प्रजाति मध्ये तीन प्रजातीहरु बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन्। बाँकी रहेका पाँच प्रजातिहरु आमुर, सुमात्रा, साउथ चाइना, ईण्डो चाइनिज र रोयल बंगाल (पाटे बाघ) को अवस्था समेत दयनीय रहेको बन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ–संस्थाहरुको तथ्याकंहरुले देखाएको छ।

लोप हुन बाँकी रहेका पाँच प्रजातिका बाघहरु नेपाल, भारत, बंगलादेश, चिन, भुटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, रसिया, थाइल्याण्ड र भियतनाममा मात्रै सिमित छन्। नेपालमा पाइने पाटे बाघ तराई क्षेत्रमा रहेका संरक्षित क्षेत्र अन्तरगत पर्ने पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा मात्र पाईने गरेका छन्। 

 

प्रकाशित: ७ आश्विन २०७५ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App