१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रकविलाई राष्ट्रपतिको ह्याप्पी वर्थडे

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०० औं जन्मदिनको उपलक्ष्यमा उनको निवास लैनचौरमा शुभकामना दिँदै। तस्बिर : प्रदीपराज वन्त,रासस

काठमाडौं – राष्ट्रकवि माधव घिमिरे सय वर्षमा पुगेका छन्। घिमिरेको १०० औं जन्मजयन्ती आज लैनचौरस्थित उनको निवासमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

राष्ट्रकविलाई उनकै निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्। राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना ब्यक्त गरिन्।

एक सय वर्ष पुगेको अवसरमा राष्ट्रकविको घरमा पूजापाठको आयोजना पनि गरिएको छ । उनलाई जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तकहरु पनि उनको निवासमा भेला भएका छन्।

राष्ट्रकवि घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठो सन्तानको रुपमा भएको हाे।

प्रकाशित: ७ आश्विन २०७५ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App