१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

काठमाडाैं- शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा जोड दिइएको छ। 

विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गरे। विश्वमा शान्तिको सन्देश प्रवाह गर्नुहुने बुद्धलाई ब्रह्माण्डकै ज्योति घोषणा गरिनुपर्ने कार्यक्रमका वक्ताले जोड दिएका हुन्। 

कार्यक्रममा पूर्वराजदूत एवं परराष्ट्रविद् विष्णुहरि ‘नेपालले विश्व शान्ति स्थापनाका आधार’ विषयक कार्यपत्र प्रस्तुत गरे। कार्यपत्रमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वमन्त्री चन्द्रदेव जोशी, कृष्णराज वर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, पत्रकार रामकृष्ण कर्माचार्य, डा शास्त्रदत्त पन्त, समाजका अध्यक्ष प्रा डा खेम बन्धु कोइराला लगायतले विश्व शान्ति सबैको चाहना हुने भएकाले व्यवहारमा नै त्यसअनुरुप काम गर्न आह्वान गरे। 

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घकोे महासभाले आह्वान गरेअनुरुप सन् १९८२ देखि दिवस विश्वभर मनाउन शुरु गरिएको हो। यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘दिगो विकासका लक्ष्य : शान्ति मुलभूत आधार’ भन्ने छ। संसारका अधिकांश मुलुकका जनतामा शान्तिको कामनासहित प्रारम्भ भएको दिवस नेपालमा भने विसं २०६५ देखि मनाउन थालिएको हो। 

युद्ध, हिंसा, हुलदङ्गा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र रहन पाउनु नै शान्तिको अधिकार हो। अहिले शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्ग बनेको छ। यसलाई नै आधार मानेर संयुक्त राष्ट्रसङ्घले बेलाबेलामा शान्ति र विश्वमा भइरहेका हिंसात्मक गतिविधिलगायत अधिकारलाई जोडेर घोषणापत्रसमेत जारी गर्दै आएको छ। रासस

प्रकाशित: ६ आश्विन २०७५ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App