१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

छक्का पञ्जा ३ काे ट्रेलर सार्वजनिक

काठमाडाैं - छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई चलचित्रमा मुख्य विषयवस्तु बनाइएको बताए।

गिरी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ को निर्देशन भने दीपाश्री निरौलाले गरेकी छन्। चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसार्इं, शिवहरि पौडेल, लक्ष्मी गरी, निर शाह, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला, किरण केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।

चलचित्रकाे पहिलाे नम्बरमा गित अहिले यु ट्युब लगाएत सामाजिक सञ्जालमा निकै रुचाइएकाे छ। छक्का पञ्जा अगामी असेज २४ गते घटस्थापनाके दिन रिलिज हुने निर्माता गिरीले जानकारी दिए।

छक्का पञ्जा ३ ट्रेलर

प्रकाशित: ६ आश्विन २०७५ ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App