१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

जापानमा मनाइयो संविधान दिवस

जापान- जापानमा संविधान दिवस मनाईएको छ। नेपालको संविधान जारी भएको तेस्रो बर्ष पुरा भएको अवसरमा टोकियोमा एक समारोहका बिच शुक्रवार संविधान दिवस मनाईएको हो। टोकियो स्थित होटेल ओकुरामा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत प्रतिभा राणाले स्वागत मन्तव्य राख्दै व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकोले नेपालको इतिहासमा यो दिन अत्यन्तै महत्त्वपूर्ण भएको बताईन्।

उक्त अवसरमा राजदूत राणाले ३ वर्षअघि जारी भएको संविधान बमोजिम व्यापक जनसहभागितामा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भई मुलुकमा संघीय तथा प्रादेशिक सरकारहरु गठन भएको बताईन्। राजदूत राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको “समृद्ध नेपाल सुखी नेपाली” को सपनालाई यथार्थमा परिणत गर्न आर्थिक विकास तथा समृद्धि हासिल गर्ने मूल ध्येयका साथ नेपाल सरकार अगाडी बढिरहेको पनि समारोहमा बताईन्। साथै उनले समारोहलाई सम्बोधन गर्दै नेपालको राजनैतिक स्थिरता, विदेशी लगानीमैत्री नीति आदि कारणले नेपाल विदेशी लगानीको लागि अत्यन्त उपयुक्त मुलुक रहेको भन्दै  जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानी गरी फाइदा उठाउन आग्रह गरिन्।

सो अवसरमा प्रमुख अतिथी जापानी विदेश मामिला उपमन्त्री इवाओ होरीले नेपालको संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिँदै नेपालले तीनै तहको निर्वाचन स्वच्छ, निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे। नेपाल र जापान बीच अत्यन्त बलियो आर्थिक, सामाजिक, तथा साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आउदा दिनहरुमा यो सम्बन्ध अत्यन्त व्यापक र प्रगाढ बन्ने विश्वास समेत उनले व्यक्त गरे। पछिल्लो समय नेपाल भ्रमण गर्ने जापानी पर्यटकको संख्या बृद्धि भएको उल्लेख गर्दै उपमन्त्री इवाओले नेपाल-जापान सिधा हवाईसेवा शुरू भएपछि नेपाल भ्रमण गर्ने जापानी पर्यटकको संख्या झन् बृद्धि हुने बिश्वास व्यक्त गरे। संविधान दिवस समारोहमा जापानका क्षेत्रीय मामिला सम्बन्धी मिनिस्टर अफ ईन्चार्ज तेरू फुकुई,सत्तारुढ गठबन्धन दल कोमेईतो पार्टी अध्यक्ष नात्सुओ यामागुचि,जापानी परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल किमीनोरी इवामा लगायत जापान सरकारका बिभिन्न निकायका उच्च विशिष्ट पदाधिकारीहरू,जापानका लागी विभिन्न देशका राजदूतहरू,जापानी उद्यमी व्यवसायीहरूका साथै नेपाली समुदायहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ६ आश्विन २०७५ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App