१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

परिसूचक १० अंकले बढदा कारोबारमा २५ प्रतिशत बृद्धि

काठमाडौ– साताभरमा चार दिनमात्र यो साता शेयर कारोबारको दोस्रो बजार नेपालस्टक एक्सचेन्जमा परिसूचक र कारोबार दुबैमा बृद्धि भएको छ। साताभरमा नेप्से परिसूचक १०.२३ अंकले बढेको छ। अघिल्लो विहीबार १२सय ४४.८४ अंकमा रोकिएको नेप्से परिसूचक योसाताको कारोबारको अन्तिम १२ सय ५५.०७ अंकमा पुगेर बन्द भएको छ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८९ कम्पनीहरुको ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँमा खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो। 
यस साता कारोबार रकम र शेयरकित्ताका आधारमा सबैभन्दा धेरै एनएमबी बैंकको १९ करोड ९० लाख ५० हजार रुपैयाँमा ५ लाख ५३ हजार कित्ता शेयर खरिदविक्री भएका छन्।  एनआईसी एसियाका १२ करोड १२ लाख रुपैयाँका शेयर कारोबार भएका छन्।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन। सातभरमा देवः विकास बैंकका २४ लाख ७० हजार ९२३ कित्ता शेयरहरु नेप्सेमा सूचिकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

 

प्रकाशित: ६ आश्विन २०७५ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App