१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफ र  गण्डकी फाइनलमा

काठमाडौं – विभागीय टोली एपिएफ र गण्डकी प्रदेश पाँचौ ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। 

गोगंबु स्थित ढोरपाटन स्पोर्टस सेन्टरको कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा विभागीय टोली एपिएफले गीताञ्जलीलाई ३–० को सोेझो सेटमा पराजित गरेको हो । यस्तै अर्को सेमिफाइलन खेलमा गण्डकी प्रदेशले ढोरपाटनलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफसँगको भेट पक्का गरेको हो। 

एपिएफले फाइनल प्रवेशका लागि गीताञ्जलीलाई पहिलो सेटमा २५–२१ ले जितेको थियो भने दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । अन्तिम तथा निर्णायक सेटमा एपिएफले २५–१७ को जित दर्ता गर्दै उपाधि भिड्न्त पक्का गरेको थियो।

शुक्रबारै सम्पन्न अर्को खेलमा पहिलो सेट गुमाएको गण्डकी प्रदेशले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गर्न सफल भयो । २२–२५ ले पहिलो सेट गुमाएपनि बाँकी सेट गण्डकीले २५–२३, २५–२१, २५–१८ ले पुनरागमन गरेको थियो।

यस अघि शुक्रबारका लागि तय भएको अन्तिम क्वाटर फाइनल खेलमा गण्डकी प्रदेशले बाग्लुङको बडिगार्डलार्य ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । २५–२१ ले पहिलो सेट जितेको गण्डकीले दोस्रो र तेस्रो सेटमा क्रमस २५–१८, २५–१४ को जित हात पारेको थियो । प्रतियोगितामा शनिबार तेस्रो स्थानका लागि गीताञ्जली र ढोरपाटन भिड्नेछन्।

यती ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिङ्स एम–१५० ले मुख्य प्रायोजन गरेका प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । व्यक्तिगत विधाअन्तर्गत स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर, लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिनेछ। 

 

प्रकाशित: ६ आश्विन २०७५ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App