विषाक्त मदिराले मलेसियामा थप एक नेपालीको मृत्यु

शुक्रबार, ०५ असोज २०७५, १९ : ४८ नागरिक

काठमाडाैं- विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ। 

विषाक्त मदिरा सेवनबाट बसेरी धादिङका मीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ्ग र पथ्थरकोट सर्लाहीका आइतसिंह गोलेको मृत्यु भएको दूतावासले जनाएको छ। मृतकको शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ। 

विषाक्त मदिरा सेवनबाट १७ जना गम्भीर बिरामी परेका थिए। उनीहरुमध्ये १२ को क्वालालम्पुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना उपचारपश्चात घर फर्किसकेका छन्। सिद्धकाली सङ्खुवासभाका लुङ्गनाथ मगर, रानीचुरी सिन्धुलीका जीतबहादुर माझी, मैनापोखर बर्दियाका प्रवीन थारु, महेन्द्रनगर सुनसरीका दुर्गाबहादुर राई र राङ्सी रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेका छन्। 

दूतावासका अनुसार रघुनाथपुर बाराका राधेश्याम बैठा, फरेना रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली गोरखाका लोकबहादुर बराम, चोकामागु पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाविर्ता, मोरङका जम्बिरलाला झाँगड, सुङ्देल, खोटाङका चम्पावति राई, धुलिखेल काभ्रेपलाञ्चोकका चन्द्रसिं तामाङ, ढुङ्ग्रेखोला सर्लाहीका रिकामान स्याङ्ताङ, ठेगाना नखुलेकी सकुवल घिसिङ, राजेशकुमार हजारी, बिमल कार्की र दातेबहादुर सारु मगरको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

मलेसियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा विषाक्त मादक पदार्थ सेवनको अवस्थामा टाउको दुख्ने, बान्ता हुने, पखला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिङ्गाटा लाग्ने र छिटोछिटो श्वासप्रश्वास बढ्ने जस्ता लक्षण देखिने जानकारी गराएको दूतावासले जनाएको छ। दूतावासले यस्ता लक्षण विषाक्त मदिरा सेवन गरेको २४ देखि ४८ घन्टापछि मात्र देखिन सक्ने हुँदा लक्षण देखिने बित्तिकै नजिकको अस्पताल तथा स्वास्थ्य संस्थामा जान सूचित गरेको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad