१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ३ का चार विधेयक प्रमाणीकरण

हेटौँडा - प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठकले पारित गरी पठाएको चार विधेयक शुक्रवार प्रमाणीकरण गरेकी छन्। कोइरालाले प्रमाणीकरण गरेका चार विधेयक मध्ये प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेको प्रदेश नं ३ प्रमुखको सचिवालयले जनाएको छ।

त्यसैगरी प्रदेशसभाको बैठकले केही हप्ता अघि पारित गरी पठाएका विभिन्न ११ विधेयकलाई समेत प्रमाणीकरण गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइएकाे छ। रासस

प्रकाशित: ५ आश्विन २०७५ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App