सभामुख–साउदी राजदूत भेट

नेपाली कामदारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह

शुक्रबार, ०५ असोज २०७५, १६ : ३९ नागरिक

काठमाडौं – सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले शुक्रबार शिष्टाचार भेट गरेका छन्। सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ राष्ट्रिय दिवसका शुभकामना व्यक्त गर्दैै आगामी दिनमा नेपाल र साउदी अरबबीचको सम्बन्ध अझै प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका थिए।

सो अवसरमा सभामुख महराले साउदी अरब र नेपालको कूटनीतिक सम्बन्ध सुमधुर रहेको बताएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए। “नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध सुमधुर र बलियो रहेको छ”, सभामुख महराले भने, “हाम्रो औपचारिक सम्बन्ध मात्रै नभई जनस्तरबाट पनि दुई देशबीच बलियो सम्बन्ध रहेको छ।” राजनीतिक र कूटनीतिकस्तरमा मात्रै नभई जनस्तरमा पनि दुई देशको सम्बन्ध रहेको चर्चा गर्दै सभामुख महराले नेपालका लाखौँ नागरिक साउदी अरबको श्रम बजारमा रोजगारीका लागि पुगेको बताए। 

“अहिले नेपालका लाखौँ नागरिक रोजगारीका लागि साउदी अरबमा पुगेका छन्”, सभामुख महराले भने, “साउदी अरबमा नेपाली नागरिकको पेशागत तथा भौतिक सुरक्षाजस्ता सवाल हाम्रो चासोका विषय हुन्, यसमा साउदी अरब सरकारले विशेष ध्यान दिनेछ भन्ने हामीले विश्वास लिएका छौँ।” भेटमा कावा राजदूत अब्दुलकरिमले साउदी अरब र नेपालको सम्बन्ध मजबुत रहेकामा खुशी व्यक्त गरे। उनले वैदेशिक रोजगारीका लागि आफ्नो देशमा पुगेका नागरिकलाई साउदी अरब सरकारले सुरक्षामा विशेष ध्यान दिने बताए।   (रासस)

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad