२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पमा मरे भन्दै काजकिरिया, पोखरामा डुल्दै जीवन

पोखरा– अछाम विनायक पञ्चदेवल–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौमा थिए। ७२ वैशाख १२ गते कपनमा आफन्त ४ जनासहित बसेका उनी भुइचालोमा परे र सम्पर्क विहीन भए।

भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि जीवन लामो समयसम्म सम्पर्कमा आएनन् कसैले कुनै सुराक नपाएपछि भूइचालोमा मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया पनि गरियो। 

तर भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका ती जीवन बूढा जिवितै भेटिए। पोखरा माइक्रोबसमा सिटी भाइका उपनामले परिचित भएर पोखरा १४ चाउथे बस्दै आएका रहेछन्।

यही जानकारी पाएर उनलाई खोज्न ठूलाबा हरि बुढा पोखरा आएका छन्। खोज्दै जाँदा नयाँबजारस्थित माइक्रो काउन्टरमा उनलाई देखे।   ‘पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे,’ हरिले भने।

 जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौँको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोवार बन्द गरेर पोखरा आएको उनले बताए।

जीवनका बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन् । फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताए।नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतिक्षारत छन्। रासस

 

प्रकाशित: ५ आश्विन २०७५ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App