१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राैतहटमा दिउँसै २ लाख ९० हजार लुटियाे

रौतहट - रौतहटमा विहीवार दिउँसै करिब ३ लाख रुपैयाँ लुटपाट भएकाे छ। रौतहटको कटहरिया नगरपालिकाको मुख्य बजारबाटै रकम संकलन गरेर मोटरसाइकलमा फर्कदै गरेका दुई व्यापारीबाट दुई लाख नब्बे हजार लुटिएकाे हाे। कटहरिया बजारबाट रकम लिएर ना ३७ प ५२५१ नम्बरको मोटरसाइकलमा गौरतर्फ फर्किदै गरेको अवस्थामा गौरको किराना पसलमा काम गर्ने व्यापारीद्वय विनयकुमार यादव र रञ्जितकुमार मिश्रकाे साथमा रहेकाे रकम लुटिएकाे हाे। लुटेराले गरुडा नगरपालिका ५ को महम्मदपुर नजिक बाटोमा उनीहरुलार्इ राेकी उनीहरुकाे साथमा रहेकाे रकम लुटेका थिए।अाफुहरु लुटिएपछि उनीहरुले प्रहरीलार्इ खबर गरेका थिए। खबर प्राप्त भएलगत्तै खाेजी कार्यमा लागेकाे प्रहरीले हालसम्म लुटेरालार्इ पक्राउ गर्न नसकेकाे जानकारी दिएकाे छ।

प्रहरीले यादव र मिश्रलाई नियन्त्रणमा लिएर रकम र घटनाको विषयमा थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि तथा प्रवक्ता महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए।

 

प्रकाशित: ४ आश्विन २०७५ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App