२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर्न सांसद रेग्मीको आग्रह

काठमाडौं – सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य बृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेकी छन्।

प्रतिनिधि सभा बैठकको शून्य समायमा बोल्दै रेग्मील सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएकोमा आपत्ति जनाउँदै बढाइएको मूल्य तत्काल फिर्ता गर्न आग्रह गरिन्। सरकारले कर बढाएको र जनताको महंगीले ढाड सेकिएको अवस्थामा फेरि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनातको ढाड सेक्ने काम भएको उनको भनाई छ।

प्रकाशित: ४ आश्विन २०७५ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App