एसिया कप क्रिकेटः भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

बिहिबार, ०४ असोज २०७५, १० : ५४ नागरिक

काठमाडौं – एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ। युएईमा बुधबार राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४३.१ ओभरमा अलआउट हुनुपूर्व १ सय ६३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।

पाकिस्तानका लागि बाबर आजमले ४७, सोहेब मलिकले ४३, फहिम असरफले २१ र मोहम्मद अमिरले नटआउट १८ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन्।  पाकिस्तानलाई सस्तैमा समेटन भारतका भुवनेश्वर कुमार र केदार जाधबले ३–३, जसप्रित बुमराहले २ तथा कुलदिप यादवले १ विकेट लिए। 

जवाफमा  १ सय ६५ रनको विजयी लक्ष्य भारतले भारतले २९ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।  भारतलाई जिताउन कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए। उनले ३९ बलमा ६ चौंका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै शिखर धवनले ४६ रन बनाउँदा, अम्वाती रायडु र दिनेश कार्तिक ३१–३१ रनमा नटआउट रहे।

जितसँगै २ खेलबाट ४ अंक जोडेको भारत समूह ‘ए’ को शीर्ष स्थानमा छ। १ जित र १ हार बेहोरेको पाकिस्तना समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो। दुवै टोलीले पहिलो खेलमा हङकङलाई पराजित गरेका थिए। 

प्रतियोगितामा बिहीबार (आज) समूह ‘बी’ को बंगलादेश र अफगानिस्तानबीच खेल हुनेछ। विजयी हुने टोली समूह विजेताको रुपमा अघि बढ्नेछ। पराजित हुने टोलीले सुपर लिगमा स्थान  बनाउने छ।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad