१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेरो सुरक्षाको प्रिमियरसँग मोबाइल बिमा सम्झौता

काठमाडौं – मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बिमासम्बन्धी सम्झौता भएको छ। मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेको मोबाइल बिमा गराउने लक्ष्यसाथ दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सोमबार मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बिमा प्रिमियर इन्स्योरेन्समा हुनेछ। यसअघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सुरक्षा प्रोटेक्सन प्लान खरिद गरी मोबाइलको बिमा गराउन सक्छन्। सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राहीमाझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजारभन्दा बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको कम्पनीले जनाएको छ।

कम्पनीले मेरो सुरक्षाको ब्रान्डदूत राजेश हमाललाई तोकेको पनि जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ आश्विन २०७५ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App