१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

श्रीलंकाबाट आउने पर्यटक ह्वात्तै बढे

काठमाडौं - श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ७४.५ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो गत वर्षको तुलनामा उच्चदर को वृद्धि हो।

यस वर्ष अगस्टमा मात्रै ८७ हजार ६ सय ७९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डको तथ्यांक अनुसार १८.८ प्रतिशतले पर्यटक संख्या बढेको छ । बोर्डको तथ्यांक हेर्दा सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या पनि ४८.३ प्रतिशतले बढेको छ।  

सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा विभिन्न देशबाट नेपाल आउने पर्यटकको संख्या बढेको देखिन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले २०२० मा २० लाख पर्यटक भिœयाउने उद्घोषसँगै विभिन्न अभियान चलिरहेको छ।

बोर्डका अनुसार जनवरीदेखि अगस्टसम्म हवाई मार्ग भएर ६ लाख ८० हजार नौ सय ९६ पर्यटक नेपाल आएका छन् । गत वर्ष जनवरीदेखि अगस्टसम्मको तुलनामा यो वर्ष पर्यटन आगमन १८.२ प्रतिशतले बढेको छ।

गत वर्षको तुलनामा भारतबाट आउने पर्यटकको संख्या ३७.३ प्रतिशतले बढेको छ । चिनियाँको संख्या पनि बढेको छ । बोर्डका अनुसार चीनबाट आउने पर्यटक वृद्धिदर ६३.३९ प्रतिशत छ।

युरोपेली पर्यटक संख्या २१.३ प्रतिशतले बढेको छ । युरोपबाट विशेष गरी हिमालयन ट्रेकिङ र पर्वतीय क्षेत्रको भ्रमण गर्न पर्यटक आउँछन् । केही युरोपियन भने सांस्कृतिक विविधता अध्ययनका लागि आउने गरेका छन्।

अमेरिकी पर्यटकको संख्या पनि विस्तारै बढिरहेको देखिन्छ । गत महिनाको तथ्यांकमा १५ प्रतिशतले अमेरिकी पर्यटक बढेको देखिन्छ।

स्विडेनबाट आउने पर्यटकको संख्या भने घटेको छ । पोहोर अगस्टमा एक सय १५ स्विडिस नेपाल आएकामा यो वर्ष अगस्टमा घटेर ८६ मा सीमित भएको छ।

सरकारले सन् २०२० मा हवाई मार्गबाट २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । सन् २०१७ मा नौ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए।

प्रकाशित: ४ आश्विन २०७५ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App