१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय समितिका सभापतिको मनोनयन आज

काठमाडौं – प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन हुँदैछ। प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता समय तोकिएको छ।

सचिवालयका अनुसार एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ। एकल मनोनयन भएमा निर्विरोध निर्वाचित हुने नियमावलीको व्यवस्था छ। प्रतिनिधिसभा सचिवालय सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा मनोनयन हुनेछ।  

एकभन्दा बढी उम्मेदवारी परेमा शुक्रबार सम्बन्धित समितिहरुमा निर्वाचन हुनेछ। उम्मेदवारको अन्तिम सूची बिहीबार बेलुका साढे ५ बजे प्रकाशित हुने बताइएकाेछ।

प्रकाशित: ४ आश्विन २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App