१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुलद्वारा पिएसजी पराजित, एथ्लेटिको मड्रिड पनि विजयी

काठमाडौं – मंगलबार रातिबाट सुरु भएको च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुलले विजयी सुरुवात गरेको छ। लिभरपुलले फ्रान्सेली क्लब पिएसजीलाई ३–२ पराजित गरेको हो।

लिभरपुलका लागि ३० औं ड्यानिएल स्टुरिज, ३६ औं मिनेटमा जेम्स मिल्नर र दोस्रो हाफको इन्जुरी समयमा वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले गोल गरे। यता पराजित टोली पिएसजीका लागि ४० औं मिनेटमा थोमस म्युनियर र ८३ औं मिनेटमा एमबाप्पेले गोेल गरे। यही समूहको अर्को खेलमा इटालियन क्लब नेपोलील सर्बियन क्लब रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरीमा रोकिएको छ। 

यस्तै समूह ‘ए’ को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले फ्रान्सेली क्लब मोनाकोलाई २–१ हरायो। एथ्लेटिकाको जितमा ३१ औं मिनेटमा डिएगो कोस्टा र पहिलो हाफको इन्जुरी समयमा एन्टोनियो ग्रिजम्यानले गोल गरे। पराजित टोलीका लागि सामुयल ग्रान्डसरले गोल गरे। अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुग्रीलाई १–० ले पराजित गरेको छ।

यसैगरी समूह ‘डी’ रहेको जर्मन क्लब शाल्केले पोर्चुगीज क्लब एफसी पोर्टोसँग एक–एक को बराबरी खेल्दा सोही समूहको अर्को खेलमा टर्कीको गालातासारेले रसियन क्बल लोकमोतिभ मस्कोलाई ३–० ले पराजित गरेको छ। 

प्रकाशित: ३ आश्विन २०७५ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App