१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

च्याम्पियन्स लिगः मेसीको ह्याट्रिकमा बार्सिलोनाको सुखद सुरुवात

काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनाले नेदरल्याण्डसको पीएसभी इन्डोभेनलाई ४–० ले पराजित गर्यो।

बार्साको जितमा स्ट्राइकर लियोनल मेस्सीले ह्याट्रिक गर्दा डेम्बेलेले अर्को गोल थपे। पीएसभीविरुद्ध ह्याट्रिक गरेसँगै मेसीले करियरकै ४८औं ह्याट्रिक पूरा गरेका छन्। मेस्सीले ३१, ७७ र ८७ औं मिनेटमा गोल गर्दा डेम्बेलेले ७४ औं मिनेटमा अर्को गोल थपे। खेलको ७९ औं मिनेटमा डिफेन्डर स्यामुयल उम्टीटी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। 

समूह ‘बी’ कै अर्को  खेलमा इटालियन क्लब इन्टर मिलानले इङ्लिस क्लब टोटेनह्यामलाई २–१ ले हरायो। खेलको ५३ मिनेटमा क्रिष्टियन एरिक्सेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा टोटेनह्याम पराजित भयो। इन्टर मिलानका लागि ८५ औं मिनेटमा माउरो इकार्डी र दोस्रो हाफको अतिरिक्त समयमा माटियस भेसिनोले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। 

 

प्रकाशित: ३ आश्विन २०७५ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App