१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टिभिएसले खोल्यो थप १० अत्याधुनिक नयाँ सोरुम

काठमाडौं – टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले १० अत्याधुनिक सोरुम उद्घाटन गरेको छ।

अत्याधुनिकसोरुममा टिभिएसको सम्पूर्ण मोटरसाइकल र स्कुटर उपलब्धहुनुका साथै केही समयअघि मात्रबजारमा ल्याइएको टिभिएस अपाचे आरआर ३१०, टिभिएस अपाचे आरटिआर १६० फोर भी र टिभिएस एनटोर्क १२५ स्कुटर पनिउपलब्ध रहने कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

असोज १ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएका नयाँ अत्याधुनिक सोरुमहरु काठमाडौंको कान्तिपथ, कुपण्डोल, टुसाल र काठमाडौंबाहिर इनरुवा, राजविराज, सिराहा, धादिङ, गरुडा, कावासोती र डडेल्धुरामा रहेका छन्। 

ग्राहकले यी सोरुममार्फत टिभिएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App