१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

७ सयको सामान किनेर ७ रुपैयाँको विक्री गर्ने देशमा संघीयता टिक्दैन : अध्यक्ष केसी

बुटवल - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्तिराष्ट्रको डिजाइन र वलमा ल्याइएको संघीयता खारेजीको विकल्प नभएको बताएका छन्। प्रगतिशील पत्रकार संघ रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाललाइ सुडान र नाइजेरिया बनाउन शक्ति राष्ट्रको डिजाइनमा ल्याइएको संघीयता खारेज हुनुपर्ने बताएका हुन्। संघीयता खारेजीको माग जनताबाटै उठ्न थालेको भन्दै नेता केसीले आफ्नो पार्टीले समेत संघीयता खारेजीको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको जानकारी दिए।

विदेशीसँग ७ सयको सामान किनेर ७ रुपैयाँको विक्री गर्ने अर्थतन्त्र भएको देशमा संघीयता नटिक्ने अध्यक्ष केसीको दावी छ। जनताको हितमा नभएको प्रणाली खारेज गर्नुको विकल्प नभएको भन्दै उनले देश र जनताको अहितमा रहेको प्रणाली खारेजीको माग जनताबाटै उठ्न थालेको दावी गरे।

बहुमतको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको भन्दै नेता केसीले सरकारलार्इ कार्यशैली बदलेर जनताको हितका काम गर्न आग्रह गरे। निर्मला पन्त हत्याकाण्डबारे बोल्दै नेता केसीले दुइ तिहाइको शक्तिशाली सरकारले दुइ महिना बित्नलाग्दा समेत बालिका बलात्कार र हत्या गर्ने अपराधी पत्ता लगाउन नसक्नु लाजमर्दो भएको बताए। जनतालाई करको भारी थुपारेको सरकारले महंगी, भ्रष्टाचार, हत्याहिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटना बढीरहँदा त्यसको नियन्त्रण गर्न नसकेको भन्दै चर्को आलोचना समेत गरे। सरकारले निर्वाचनमा गरेको वाचा अनुसारको काम गर्न नसक्दा जनतामा निरासा छाएको नेता केसीको भनाई छ।

प्रकाशित: १ आश्विन २०७५ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App