१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फोहोर व्यवस्थापन माग गर्दै सर्बोच्चमा रिट


काठमाडौ– उपत्यकाको उचित फोहोर व्यवस्थापन नभएको भन्दै आज सर्बोच्च अदालतमा रिट दायर गरिएको छ। एफोर्टल्याब नामक सस्थाको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा फोहोर व्यवस्थापनको अख्तियारी पाएका सरकारी निकायका विरुद्ध परमादेश जारी गर्न माग गरिएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, वन तथा वातावरण मन्त्रालय, काठमाडौ महानगरपालिका लगायत सरोकारवाला ९ निकायलाई विपक्षी बनाइएको छ। रिटमा सरोकारवाला निकायले कानुन अनुसार आफ्ना जिम्मेवारी पुरा नगर्दा उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकी विकरालरुप लिएको उल्लेख छ।

फोहोर व्यवस्थापनका क्रममा कुहिने नकुहिने छुट्यार राख्नुपर्ने तथा पुन प्रयोग गर्नमिल्नेलाई पुनः प्रयोग गर्नुपर्ने विभिन्न कानुनी व्यवस्था कार्यान्वयन नगर्दा स्वच्छ वातावारणको हक, स्वास्थ संबन्धीहक लगायतका संविधान प्रदत्त नागरिकका मौलिकहरु हनन भइरहेको जिकिर गरिएको छ।

विभिन्न निकायमा यसबारे पहल गर्दा पनि सुनुवाइ नभएकाले कानुन अनुसारको फोहोर व्यवस्थापन कार्यगर्न विपक्षीका नाममा उपयुक्त आदेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ।  

 

प्रकाशित: १ आश्विन २०७५ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App