१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक स्थिर,  कारोबार २३ करोडले घट्यो

काठमाडौ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ०.१३ अंकको झिनो गिरावट आएर १२ सय ५६.४० कायम भएको छ।

आज १६७ कम्पनीका २४ लाख २५ हजार ३०३ कित्ता शेयरहरु ६८ करोड ७६ लाख ८८ हजार ६५३ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार नेप्सेमा १६६ कम्पनीका ३०लाख ७० हजार २३१ कित्ता शेयरहरु खरिदविक्री हुँदा ९१ करोड ५२ लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो।

समूहगत कारोबारतर्पm सोमबार ५ समूह बढेका छन् भने ६ समूह घटेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूह २०३.४६ अंकले बढेको छ भने जीवन बिमा समूहमा ११९.७३ अंकको बृदि देखिएको छ घट्नेमा होटल समूह १८.२८ अंकले र जलविद्युत् समूह १०.२८ अंकले घटे।

आजको कारोबारमा सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकका प्रवर्दक शेयर ९ करोड २६ लाख ९० हजार ८५४ रुपैयाँ र एनएमबी बैंकको ६ करोड २१ लाख ७६ हजार ५२६ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

 

प्रकाशित: १ आश्विन २०७५ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App