१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माछापुच्छ्रे बैंकको खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले अनलाइनमार्फत खाता खोल्न सक्ने सुविधा ल्याएको छ। अब विश्वको जुनसुकै कुनाबाट खाता खोल्न र सञ्चालन गर्न सकिने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

अनलाइन खाता खोल्न ग्राहकले बैंकको वेबसाइटमा गई अनलाइन खाता खोल्ने फारम भर्नुपर्नेछ। इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाइल, ट्याबलेट÷आइप्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ। यससँगै खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकले छुटकारा पाउने बैंकको विश्वास छ।

प्रकाशित: १ आश्विन २०७५ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App