१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

लगानी र सीप लिएर फर्किन प्रवासी नेपालीलाई आग्रह

टोरन्टो (क्यानडा)– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता एवं प्रदेश सांसद राजिव पहारीले नेपालमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्। लगानी र सीप लिएर फर्किन आग्रह गर्दै उनले क्षमता, दक्षता तथा योग्यताको कदर गरिने प्रतिबद्धता समेत जनाए।

प्रवासी नेपाली मञ्च क्यानडाले टोरन्टोमा आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पहारीले विदेशको अनुभवताका आधारमा नेपालमा नै शैक्षिक प्रणाली लागु गर्दै देशमा आर्थिक, सांस्कृतिक, सामाजिक, भौतिक, वातावरणीय लगायतको विकास गर्नुपर्नेमा जोड दिए। ‘विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन कुन बाटो अवलम्बन गर्नुपर्छ हामी गर्न तयार रहेको छौं, सरकार तयार छ’, उनले आश्वस्त पारे। 

नेकपाले विदेशमा रहका सम्पूर्ण नेपालीलाई देशमा नै लगानी मैत्री वातावरणको निर्माण गर्ने बताउँदै सांसद पहारीले विदेशमा रहेका नेपालीहरुले पुँजी, सिप क्षमता तथा दक्षता नेपाल नभित्र्याएसम्म समृद्ध नेपाल र सुखी नेपाली सफल हुन नसक्ने तर्क गरे। उनले नयाँ नेपाल निमार्ण गर्नको लागि एनआरएनले उठाएका मागहरु संसदबाट पारित भएपछि सम्पूर्ण कुराहरुको समाधान हुने धारणा राखे।

नेपाल भौतिक रुपमा गरिव भएपनि प्राकृतिक रुपमा धनी रहेको बताउँदै उनले जोसँग जेछ त्यही लिएर, जहाँ छौं त्यहिबाट समृद्ध देश वनाउनु लाग्नुपर्नेमा जोड दिए। उनले विदेशको अनुभवतालाई देश निर्माणमा लगाई अघि बढ्न अब कुनै समस्या नहुने बताउँदै विदेशमा रहने नेपालीहरु अब नेपालमा आर्थिक क्रान्ति गर्न आउनु आग्रह समेत गरे।

युवा संघका निवर्तमान अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद पहारी अमेरिकाको सिकागोमा अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म भएको ‘नेपाली नेसनल कन्भेन्सन २०१८’ मा सहभागी भई क्यानडा आएका हुन्। क्यानडामा उनले प्रवासी नेपालीको समस्याबारे जानकारी समेत लिएका थिए। 

प्रकाशित: ३१ भाद्र २०७५ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App