१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्व सरसफाई दिवस मनाइयो

काठमाडौं– ‘हाम्रो फोहोर, हाम्रो जिम्मेवारी’ नाराका साथ सरसफाई तथा सचेतनामुलक कार्यक्रमहरु गरी शनिबार देशभर विश्व सरसफाई दिवस मनाइएको छ। कार्यक्रममा स्थानीय सरकार, युवा समूह, शैक्षिक संस्था र समुदाय गरी १४८ समूहहरु सहभागी थिए।

दिवसको अवसरमा पाटन दरबार क्षेत्रमा आयोजित समारोहमा अस्ट्रेलियन राजदूत पिटर बड, द एसिया फाउनडेसनबाट तिर्जा थेउनिसन, वातावरण व्यवस्थापन विभाग, ललितपुर महानगरपालिकाका प्रदिप अमात्यले अव्यवस्थित फोहोर संकलन, अवैध फोहोर फालिने र जलाउने कार्यहरु मुख्य चुनौती रहेको भन्दै यस्ता कार्यमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए। 
‘नेपालमा वातावरण र फोहोर व्यवस्थापनका लागि स्थानीय संस्था र स्थानीय सरकारको सहकार्य निकै उत्साहजनक छ’, अस्ट्रेलियन राजदूत बडले भने। 

स्वास्थ्य र वातावरणका लागि फोहोर व्यवस्थापनबारे जनतामा चेतना जगाउने उद्देश्यसहित नेपाल सरकार, अस्ट्रेलियन राजदूतावास, क्लिन अप नेपाल र लेट्स डु इट नेपालको सहकार्यमा विश्व सरसफाई दिवस २०१८ को आयोजना गरिएको हो। आफ्नो शहर, बाटो, खोला, खुल्ला ठाउँहरु सफा राख्न र यस कार्यक्रम सफल पार्नका लागि देशभरिका संघ संस्था, स्थानीय सरकार, समुदाय र युवा समूहको सहभागिता रहेको छ। 

उक्त अभियानअन्तर्गत देशका २५ जिल्लाबाट २८ हजार ७ सय ९६ जनाको सहभागितामा ३४० स्थानहरु सरसफाई गरि अनुमानित ३ सय ९६ टन फोहोर जम्मा गरिएको छ।

प्रकाशित: ३० भाद्र २०७५ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App