१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘ड्रग लर्ड’ पाब्लो इस्कोबारका छोरा भन्छन् : मेरा बुबा एक खराब विम्ब थिए

सवास्चियन मारोकिन

कठमाडौं– पाब्लो इमिलिओ इस्कोबार ग्राभिरिया कोलम्बीयाका कुख्यात लागूपदार्थ कारोबारी हुन् । ‘कोकिन किङ’ भनेर चिनिने स्कोबार लागूपदार्थ कारोबारमा अहिलेसम्मकै वादशाह मानिन्छन् । उनी २ डिसेम्बर १९९३ मा सुरक्षाकर्मीसँगको मुठभेडमा मारिएका थिए । सिआइएसँगको सहकार्यमा कोलम्बीया सरकारले उनका विरुद्ध कारबाही गरेको थियो ।

उनै इस्कोबारका छोरा सवास्चियन मारोकिन यतिबेला नेपालमा छन् । लागुपदार्थका कुख्यात कारोबारीका छोरा सवास्चियनलाई आफ्नो पीताको काम प्रति घ्रिणा छ । नागरिक नेटवर्कसँगको अन्तर्वार्ताको क्रममा उनले भने, ‘वास्तवमै मेरा बुवा खराव कामको बिम्ब हुन् । संसारमा जे गर्नु हुने थिएन उहाँले त्यहि गर्नु भयो ।’ उनको जीवनबाट के गर्न हुँदैन भन्ने कुरा युवापुस्ताले सिक्न जरुरी भएको उनको भनाई छ । होटल एम्बासेडरमा बसेका उनले भने,‘उनी हिरो थिएनन् । एक खराव पात्र थिए ।’

लागूपदार्थको अवस्था आफ्नो बुबाको समयको भन्दा अहिले झनै विकराल बन्दै गइरहेको उनले बताए । ‘बाबुको समयको भन्दा अहिले लागूपदार्थको अबस्था झन् विकराल बन्दै गएको म देख्छु’, उनी भन्छन्, ‘विश्वलाई यसबाट बचाउनु पर्छ ।’

पेशाले आर्किटेक्ट इन्जिनियर सवास्चियनले बुवाले राखिदिएको नाम गुना पाब्लो स्कोबार समेत परिवर्तन गरेका थिए। आफु ७ वर्षको हुँदा नै बुबाले विभिन्न प्रकारका लागूपदार्थ देखाउँदै आफु गुण्डा भएको सुनाएको उनी सम्झन्छन्। ‘सायद यसैले होला मलाई यो काम प्रति कहिल्यै रुची रहेन’, उनले भने, ‘त्यो मेरा लागि कुनै कौतुहलताको विषय बनेन।’

पछिल्लो समयमा स्कोबारको जीवनका बारेमा विभिन्न चलचित्र बनेका छन् । उनका बारेमा पुस्तक लेखिएका छन् । उनका बारेमा बिभिन्न प्रकारका ‘मिथ’हरु बनेका छन् । उनको नाम ल्याटिन अमेरिकामा मात्र होइन विश्वभर खोजीने सूचीमा छ । तर उनका छोरा  सवास्चियन भने आफ्नो पीता एक आतंककारी भएकोले उनलाई कसैले ‘हिरो’ मान्न नहुने धारणा राख्छन् ।

बुवाको मृत्यु हुनु अघि सुविधा सम्पन्न जीवनयापन गरेका सवास्चियन त्यसपछि भागदौडको जीवनमा पुगे । उनलाई पनि राज्यले खोजी गरिरहेको थियो । एकातर्फ आफ्नै देश कोलम्बीया थियो भने अर्को तर्फ अमेरिका । उनका बुबाले अमेरिकी बजारमा लागूपदार्थ पठाउने गर्थे । अमेरिका स्कोबार प्रति कडारुपमा प्रस्तुत भइरहेको थियो । उनलाई अमेरिका सुपुदर्गी गर्ने भनिरहेको थियो । तर उनी त्यसबाट बच्न अनेका प्रयास गरिरहेका थिए । कोलम्बीयाको राष्ट्रिय ऋण आफुले तिरिदिने सर्तमा आफुलाई स्वतन्त्र गरिदिन समेत प्रस्ताव गरेका थिए । बुबाको कामका कारण सवास्चियनले विविध दुःख झेल्नु परेको बताए । ‘मैले मेरो मातृभूमी छोड्नु प¥यो ’, उनले भने, ‘विविध आरोपहरु खेप्नु प¥यो । तर म ति सबै संहदै आफुहुने प्रयासमा निरन्तर लागिरहें ।’ अहिले उनी अर्जेन्टिनामा बस्दै आएका छन् ।

लागूपदार्थलाई ‘एक्सक्लुसिभ’ बनाइरहँदा यसले थप समस्या ल्याइरहेको उनको भनाई छ । ‘कुनै कुरालाई प्रतिवन्ध लगाउँदा त्यसबारे कौतुहलता बढ्ने रहेछ ’, उनले भने । लागूपदार्थको अवस्था आफ्नो बुबाको समयको भन्दा अहिले झनै विकराल बन्दै गइरहेको उनले बताए । ‘बाबुको समयको भन्दा अहिले लागूपदार्थको अबस्था झन् विकराल बन्दै गएको म देख्छु’, उनी भन्छन्, ‘विश्वलाई यसबाट बचाउनु पर्छ ।’ उनले आफ्नो मातृभुमी कोलम्बीयामा बस्ने इच्छा भएको पनि बताए ।

उनका बुवाले आफ्ना विरोधिहरुको हत्या आतंक नै मच्चाएका थिए कोलम्बीयामा । बुबाले हत्या गरेका केही व्यक्तिका परिवारलाई आफुले पत्र लेख्दै प्रायश्चीत गरेको समेत बताए । ‘कसै न कसैले त यो गल्ती थियो भनेर भन्नु प¥यो’, उनले भने ‘मैले उहाँको तर्फबाट प्रयाश्चीत पनि गरें ।’

आफ्नो छोरालाई तपाईको बुबाबारे कसरी बताउनु हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘उसलाई मैले हजुरबुबाको बारेमा भनेको छु । उनी एक खराब व्यक्ति थिए ।’

इस्कोबारलाई फोब्र्स पत्रिकाले विश्वका अर्वपतिको सूचीमा समेत समावेश गरेका थियो । कोलम्बीयाको सांसद समेत निर्वाचित भएका इस्कोबारबाट पीडित भएका मानिसहरुको संगठन नै बनेको थियो । लस पेपेस भनिने यो समूहले सरकारी सहयोगमा अर्ध सैनिक संगठन नै बनाएको थियो । लागूऔषधको व्यापारबाट अर्वपति बनेका स्कोबारको सम्पत्ती सन् १९८८ सम्म ३ अर्ब अमेरिकी डलर थियो भने यो विस्तारै ओरालो लागेको थियो ।

प्रकाशित: ३० भाद्र २०७५ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App