१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

शैलुङमा बोधिचैत्य

दोलखा र रामेछापको साँधमा पर्ने शैलुङ हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल हो । भुस्वर्गः उपमा पाएको शैलुङ घुम्ने सिजन सुरु भयो । हरिया थुम्काहरूको पृष्ठभूमीमा मुस्कुराउने हिमालहरूको दर्शन गर्न यात्रा सुरु गरिहाल्ने कि!

शैलुङ (३१४५ मिटर) धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण थलो हो । त्यहाँ १०८ वटा थुम्का छन् । डाँडाबाट चारैतिर हिमसृङखला देखिन्छ । सूर्योदय र सूर्यास्त पनि लोभलाग्दो देखिन्छ । डाँडामा बौद्धमार्गीका मानेहरू छन्, त्यही डाँडाको एक छेउमा हिन्दुका शैलुङश्वर महादेव बसेका छन्।  

भदौरे पूर्णिमाका दिन डाँडामा मेला लाग्छ । त्यसलाई शैलुङ जात्रा भनिन्छ । दुबै हिन्दु र बौद्धमार्गी पूजापाठ गर्छन् । झाँक्रीहरु ढयाँग्रो ठोक्छन् । डाँडामा कात्तिक पूर्णिमा, बुद्धजयन्ती र नयाँ वर्षमा समेत मेला लाग्छ।

त्यहाँ उहिल्यै गुरु पद्मसंभव आएको विश्वास गरिन्छ । त्यही डाँडामा शैलुङ रिगसुम गोन्पो सेवा समाजले ठूलो बोधिचैत्य बनाउँदैछ । ५३ फिट अग्लो ज्याङछयुब छ्योचेत (बोधिचैत्य) । बोधीको अर्थ बुद्ध (ज्ञान) र चैत्यको अर्थ चित्त अर्थात बुद्धको चित्तको प्रतीकका रुपमा बोधिचत्य बनाउन लागिएको हो।

धर्मगुरू टुल्कु लोसाङ नाम्ग्याल रिंपोछेले ०७० सालमा शैलुङ पुग्दा बोधिचैत्य बनाउने संकल्प गरेका थिए । समाजका महासचिव कुमार थोकरका अनुसार ०७५ सालभित्र चैत्य निर्माण पुरा हुनेछ । त्यसका लागि करिब ३ करोड रुपैयाँ खर्च लाग्नेछ।

शैलुङ पुग्न अरनिको राजमार्ग हुँदै मुढेबाट खोलाखर्कसम्म बसमा जानु पर्छ । अथवा काठमाडौंबाट वीपी राजमार्गको खुर्कोट हुँदै दोरम्बा भएर पनि जान सकिन्छ । खोलाखर्कमा सामान्य खाना र बास सुविधा पाइन्छ।

प्रकाशित: ३० भाद्र २०७५ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App